Skip

Hamro Sanchar

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


काठमाडौं, जेठ ११- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र प्रचण्डबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।


प्रतिकृया दिनुहोस्