Hamro Sanchar

ग्वार्कोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक गोदावरीबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

ललितपुर, जेठ १०- ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बा ३ ख ६६२१ नम्बरको टिपरका चालक गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ छन् । सिसिटिभी फुटेजको आधारमा उनलाई गोदावरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

बुधबार राति ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेका थिए । टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ग्वार्कोको बिएण्डबी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो ।

पक्राउ परेका तामाङविरुद्ध प्रहरी वृत्त सातदोबाटोबाट सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी सुवेदीले बताए ।


प्रतिकृया दिनुहोस्