Hamro Sanchar

सिरोहिया पक्राउ पर्दैमा रुवाबासी गर्नुपर्दैन, देशमा सबै कानुन मातहत छन् : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

काठमाडौ, जेठ १०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नुनपर्ने बताएका छन् । झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘हयु एण्ड क्राइ’ गर्नुपर्ने विषय नभएको बताएका छन् ।

‘जस्तो हयु एण्ड क्राइ भन्छन् नि ! त्यो भइराखेको छ। त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन । सञ्चारमाथिको हमला भनेर !,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लैमुद्दा छ । किन यस्तो समाचार प्रकाशित गर्‍यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फोजदारी कुरा होला । यससम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो…,’ उनले भने ।

उनले मन्त्री, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने भनेर प्रतिप्रश्न गर्दै एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए । ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्न । टाइमिङि ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ ?,’ उनले भने
उनले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो भन्दै प्रतिप्रश्न पनि गरे ।

‘के लेखेको आरोप उनीमाथि लागेको के छ ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारवाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ?


प्रतिकृया दिनुहोस्