
मुगु, जेठ १०- मुगुस्थित रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।
बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको छन् ।
विमान यात्रुहरू राखेर उड्ने तयारीमा रहेको बताइएको छ ।
एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाज तर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो ।
अचेत अवस्थामा उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।