Hamro Sanchar

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ९ गते


काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो ।

मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए ।

नागरिकता सम्बन्धी कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


प्रतिकृया दिनुहोस्