Skip

Hamro Sanchar

सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासको असन्तुष्टि, विज्ञप्ति निकालेर यसो भन्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ९ गते


काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको छ ।

दूतावासले सांकेतिकरूपमा विज्ञप्तिमार्फत् सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो ।

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ’, दूतावासले भनेको छ ।


प्रतिकृया दिनुहोस्