
दाङ, जेठ ८- दाङमा आफुलाई साधु बताउने एक युवाले वडाध्यक्षमाथि त्रिशुल प्रहार गरेका छन् । राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार विजय नेपालीले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् ।
त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन् । वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो ।
उनलाई मंगलबार लमही अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपश्चात घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
राजपुर–६ खयर भट्टीका २० वर्षीय नेपालीले आफूलाई साधु दाबी गर्दै आएका छन् । उनी ४/५ महिनायता बाबकुटी जंगलमा बस्दै आइरहेको बुझिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।














