काठमाण्डौँ, जेठ ८- नेकपा (एकीकृत समाजवाद) पार्टीले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तीमार्फत् एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो ।
उक्त घटनाले प्रेस र राज्यकाबिच द्वन्द्व सिर्जना गर्न खोजिएको सो पार्टीको जिकिर छ । ‘मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ पार्टीका महासचिव घनश्याम भूसालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।