Hamro Sanchar

गृहमन्त्री लामिछानेसँग ८० तोला सुन र एक रोपनी जग्गा, सबै सम्पत्ति श्रीमतीको नाममा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ८ गते


Advertisement

काठमाडौं, जेठ ८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ ।

विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।


प्रतिकृया दिनुहोस्