
काठमाडौँ, जेठ ८- कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको छ । मंगलबार साँझ प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका हुन् ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।