Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ८ गते


काठमाडौं, जेठ ८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलीमा मृत फेला परेका कृष्ण नगरकोटीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए ।

कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ ।

कृष्णको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्