Hamro Sanchar

थलीमा मृत भेटिएका कृष्णका छोरा पनि फर्पिङमा घाइते भेटिए, छोरी बबरमहलबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ८ गते


काठमाडौं, जेठ ८- कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् ।

थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।

मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।


प्रतिकृया दिनुहोस्