Hamro Sanchar

थली उकालोमा एकाबिहानै पुरुषको शव फेला, घटनास्थलमा नगरकोटीको लाइसेन्स फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ८ गते


काठमाडौं, जेठ ८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा एकाबिहानै एक पुरुषको शव फेला परेको छ । प्रहरीकाअनुसार बिहान साढे पाँच बजे अन्दाजी ३५ वर्षीय पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

थलीको उकालोमा शव क्षतबिक्षत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ ।

वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।


प्रतिकृया दिनुहोस्