Skip

Hamro Sanchar

सुर्खेत बस दुर्घटना : दुइ जनाको घटनास्थलमै मृत्यु, १९ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ७ गते


वीरेन्द्रनगर, जेठ ७- सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमाहरूमा डुंगेश्वर गाउँपालिका-६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शेर बहादुर खड्का रहेका छन् ।

दुर्घटनामा परि २१ जना घाइते छन् । घाइतेहरू मध्य १९ जनाको कर्णाली केयर ईन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । अन्य दुई जनाको सुर्खेत र प्रदेश अस्पतालमा उपचार जारी छ । घाइतेहरू मध्ये एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काले जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर –१४ स्थित कटकुवा नजिकै सोमबार साढे १ बजेतिर दुर्घटना भएको थियो ।

ओरालो सडक र मोडमा गति नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुनसक्ने अनुमानगरिएको छ ।

 


प्रतिकृया दिनुहोस्