Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चालक छुटेपछि मेयर शाह : ‘नियममा बस्ने कर्मचारी र महानगरवासीको आत्मसम्मान हुन्छ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ७ गते


काठमाडौँ, जेठ ७- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियम, कानुन र भूमिकामा बस्ने कर्मचारीको र महानगरवासीको आत्मसम्मान हुने बताएका छन् । काठमाडौँ महानगरका फोहोरको गाडी चलाउने चालक स–सम्मान छुटेपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अपमान भएको महानगरले नसहने बताएका हुन् ।

उनले लेखेका छन्,‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौँ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’

यसअघि मेयर शाहले चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

 


प्रतिकृया दिनुहोस्