Hamro Sanchar

प्रधानमन्त्रीले देशकै बद्‍नाम गरे : चित्रबहादुर केसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ७ गते


Advertisement

काठमाडौँ, जेठ ७- प्रधानमन्त्रीले १७ महिनामा चौथो पटक विश्वासको मत लिएर देशकै बद्नाम गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले थपे, ‘१७ महिनामा चौथो पटक विश्वासको मत लिनुभयो । कहिले बालकोट कहिले बूढानीकलण्ठ किन पुग्नुपर्‍यो ? त्यसैले यो गलत भइरहेको छ । यो नेपाली जनताको लागि बद्‍नाम होइन। लोकतन्त्रमाथि र गणतन्त्रमाथि थुप्रिएको संकटका कारण उहाँहरू नै हो ।’


प्रतिकृया दिनुहोस्