काठमाडौं, जेठ ४- राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।
अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।
कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसले राखेको छ ।