काठमाडौं, जेठ ३- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत आउँदा विपक्षमा शून्य मत आएको थियो । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।
तर, कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने बहिष्कार गरेका छन् ।