Hamro Sanchar

छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक १५ मिनेट स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २८ गते


Advertisement

काठमाडौं, बैशाख २८- संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोस्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले कार्यसूचीअनुसार राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न थालेपछि कांग्रेस सांसदहरूले रोस्टम घेराउ गरेका थिए । उनीहरूले सहकारी हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।

कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन छानबिन बनाउ’ भन्दै नाराबाजी गरेका थिए । कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा कांग्रेसको साथ नरहने घोषणा गरेका थिए । उनले सरकारले हेपेको र पेल्न खोजेको भन्दै आक्रामक बनेका थिए ।

उनले सरकारले आफैं निहुँ खोजेको र सरकारकै कारण अफ्ठ्यारो स्थितिको सिर्जना भएको आरोप लगाएका थिए ।


प्रतिकृया दिनुहोस्