Skip

Hamro Sanchar

प्रेम सम्बन्ध र यौन चाहनाबाट भएका शारीरिक सम्पर्क बलात्कार हुन्न : सर्वोच्च अदालत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


काठमाडौं, बैशाख १९- सर्वोच्च अदालतले बालविवाह गर्ने किशोरकिशोरीहरूलाई बलात्कारको मुद्दामा सजाय गर्नु उचित नहुने भनी व्याख्या गरेको छ । प्रेम सम्बन्धपछि नाबालिगलाई विवाह गरेका एक किशोरविरुद्ध परेको बलात्कार मुद्दामा सर्वोच्च अदालतले बलात्कारको साटो वैवाहिक बलात्कारमा सजाय हुने फैसला सुनाएको हो ।

न्यायाधीशहरू प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले ‘किशोरकिशोरीको प्रेम, त्यसपछिको विवाह र बलात्कारको मुद्दा परेको अवस्थामा सबै परिस्थितिको विचार नगरी आरोपीलाई कठोर सजाय गर्दा कानूनको उद्देश्य पूरा नहुने’ औल्याएको हो ।

मंगलबार सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलामा भनिएको छ, ‘समान उमेर समूहका र केही निश्चित उमेरको अन्तरालमा मात्रै भएका बालबालिकाबीचको प्रेम सम्बन्ध र यौन चाहनाका कारण शारीरिक सम्पर्क हुने अवस्थालाई कानूनको यन्त्रवत व्याख्या गरी बालबालिकालाई सजाय निर्धारण गर्न नहुने ।’


प्रतिकृया दिनुहोस्