Skip

Hamro Sanchar

पुतलीसडकमा गाडी र मोटरसाइकल एकआपसमा ठोक्कियो, एक युवाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


काठमाडौं, वैशाख १९- काठमाडौंको पुतलीसडकमा मोटरसाइकल एकआपसमामा ठोक्किदा एक युवाको मृत्यु भएको छ ।

गए राति करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकमा बा २१ च ६४४८ को गाडी र बा प्र ०२-२७ प ८२८० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका वडा नम्बर १२ का २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचार गर्न ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

गए राति २ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको हो ।

प्रहरीले गाडी चालक ताप्लेजुङ मौवाखोला गाउँपालिका वडा नम्बर ६ घरभई भक्तपुरको लोकन्थली बस्ने २७ वर्षीय सौरव बस्नेतलाई नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्