
काठमाडौं, वैशाख १८- ललितपुरको आनन्द वनमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए ।
उनलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो ।
वनमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए ।
अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
आनन्दवनमा सोमबार रातीदेखि डढेलो लागेको थियो ।

















