Skip

Hamro Sanchar

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


काठमाडौं, बैशाख १७- धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।


प्रतिकृया दिनुहोस्