Skip

Hamro Sanchar

सिधाकुराका सम्पादक घिमिरे र प्रस्तोता कणेलविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


काठमाडौं, बैशाख १६- सिधाकुरा अनलाइनका सम्पादक नवीन घिमिरे र प्रस्तोता युवराज कणेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो । त्यसलाई सुमोटो (आफैँले सरोकारमा लिएर) लिएर सर्वोच्चमा अवहेलना मुद्दा सुरु भएको हो ।

प्रकाशित सामाग्रीका कारण अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप रजिष्ट्रार एवम् सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।


प्रतिकृया दिनुहोस्