Hamro Sanchar

मलामी बोकेको जिप दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

गुल्मी, बैशाख १६- गुल्मीमा शनिबार राति शव दाहसंस्कार गरेर फर्कंदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

दुर्घटनामा १२ जना घाइते भएका छन् ।

रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको लु १ च ४३२० नम्बरको पिकअप गाडी सत्यवती गाउँपालिका–४ मौरीओढारमा दुर्घटना हुँदा सत्यवती ४ लिम्घाका ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए ।

गाडीको ब्रेक फेल भएर सडकदेखी ४० मिटर तल खसेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको र अन्यको जोहा प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्