
काठमाडौं, वैशाख ६- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी एक किलो सुन बरामद भएको छ ।
दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।
विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए। प्रहरीको मुभमेन्ट देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ ।













