Hamro Sanchar

एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ५ गते


Advertisement

काठमाडौं, वैशाख ५- ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ ।

ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । खेल आज नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ ।

साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ । आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ ।

एसीसी प्रिमियर कपको समूह ‘बी’मा अप्रत्यासित नतिजा देखिएका छन् । कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको छ ।

नेपाली क्रिकेट टिमले कतार र मलेसियाविरुद्ध संघर्ष गर्दा जारी प्रिमियर कपमा नेपालको प्रदर्शनमा प्रश्न उठ्न लागेको थियो । तर नेपालले समूहको बलियो विपक्षी हङकङलाई जसरी हराएको छ, नेपालको प्रदर्शन सुधारिएको देखिन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो ।

जारी प्रतियोगितामै आसिफ सेखले एक हजार टी–ट्वेन्टी रन पूरा गरे । अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।


प्रतिकृया दिनुहोस्