Hamro Sanchar

वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन, मधेसको विजयी सुरुवात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ४ गते


Advertisement

काठमाडौं, बैशाख ४- वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा मंगलबार प्रतियोगिता उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता तथा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रकाशमानले २०४६ सालको आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको स्मृतिमा पहिलो पटक आयोजना गरिएको जानकारी दिए । प्रकाशमानकाअनुसार गणेशमानले राष्ट्र, राष्ट्रिता प्रति देखाएको भक्तिभाव, त्याग र तपस्याको सम्झनामा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा टी-२० राष्ट्रिय क्रिकेट संचालन गरिएको हो ।

कुल ७ वटा प्रदेश टिम सहभागी हुने प्रतियोगिता वैशाख १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । यस प्रतियोगितामा मधेसले बिहान साढे ९ बजेदेखि पहिलो खेल बागमती प्रदेशसँग खेलेको छ । प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । मधेसले बागमती प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

मधेशले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि ओपनर आशुतोष घिरैया र कप्तान रित गौतमले २० बलमा ३८ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाएका थिए । रित १३ रन बनाएर रञ्जित कुमारको सिकार भए ।

आशुतोषले ३७ रनको योगदान दिए । शुभ कंसाकारले सर्वाधिक ४३ रन जोडे । उत्तम मगर १२ र रविन जोशीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसका रुपेश सिंह, विशाल पटेल र अभिषेक तिवारीले २-२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य मधेसले १८ बल बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्‍यो । रोहन बिक र साहिल पटेलले ४७ बलमा ५४ रनको साझेदारी गर्दै मधेशको रन चेजलाई सहज बनाए । रोहन ३२ मा आउट भए सर्वाधिक ६७ रनको अर्धशतकीय योगदान दिएका साहिल गौतम केसीको सिकार भए । मायन यादवले २३ रन जोडे । राहुल मण्डल १४ रनमा अविजित रहे । बागमतीका सुवास खत्री, गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए ।

भने दोस्रो बुधबार लुम्बिनी, वैशाख ६ गते बिहीबार गण्डकी, वैशाख ९ गते कर्णाली, वैशाख ११ गते कोशी र वैशाख १३ गते सुदूरपश्चिम प्रदेशसँग आफ्नो खेल खेल्ने तालिका रहेको छ ।


प्रतिकृया दिनुहोस्