Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कृषि विकास बैंकबाट बिना धितो तत्कालै कर्जा प्राप्त गर्न सकिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


काठमाडौं, चैत २५- कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । सुविधामार्फत योग्य ग्राहकले दुई लाख रूपैयाँसम्म मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्नेछन् ।

बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट कर्जा लिन, कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्व भुक्तानको विकल्प पनि रहने जनाएको छ ।

यस्तै एडिबिएल इन्सटेन्ट फोन लोन योग्य ग्राहकले ‘बाई नाउ पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट ग्राहकले आफूलाई चाहिएको सामान खरिद गर्न पपनि अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यसैगरी ग्राहकले ‘कन्भर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रूपान्तरण गरी समसामयिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

सेवा सुचारु गरेपछि सरकारी बैंकहरूमध्ये फोन लोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो भएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्