काठमाडौँ, चैत ६- दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत पर्ने काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ । आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको आयोजनाका अध्यक्ष गणेश कुमार यादवले बताए ।
यस्तै, उनका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ । आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको उनले बताए । सुख्खा सिजनमा ४० हजार लिटर दुध सङ्कलन हुन्छ ।
औषतमा दैनिक ६७ देखि ७० हजार लिटर दुध बिक्री गरिरहेको उनले बताए । यस आयोजनामा १८ वटा चिलिङ सेन्टर, २०७ वटा सहकारी केन्द्र आवद्ध छन् ।