Hamro Sanchar

साउथ एशियन टग अफ वार एशोसियसनको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

सुदिप बर्देवा प्रकाशित : २०८० फागुन, २२ गते


Advertisement

काठमाडौं, फागुन २२- साउथ एशियन टग अफ वार एशोसियसनको अध्यक्षमा भवानी प्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा यहि फागुन २० गते आयोजना गरिएको एशियन टग अफ वार एशियाको  अधिवेशनबाट तीन वर्षको कार्यकालका लागि नेपालका भवानी प्रसाद पौडेल साउथ एशियन टग अफ वार एशोसियसनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । उनले सन् २०२८ सम्म साउथ एशियन टग अफ वार एशोसियसनको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने छन् ।

उक्त अधिवेशनबाट नेपालका भवानी प्रसाद पौडेल अध्यक्ष, श्रीलंकाका जनक नेरोसना रनासिन्घे बरिस्ठ उपाध्यक्ष, पाकिस्तानका रान मोहम्मद जमिल अहमद र नेपालका केशवराज गौतम उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तैगरी सचिवमा भारतका माधवी पतिल र सह-सचिवमा श्रीलंकाका अशोक निलिन्द्र सेरसिन्घे चयन भएका छन् । यस्तै कोषाध्यक्षमा भारतका जे.ई गुपिले चयन भएका छन् ।

अधिवेशनमा साउथ एशियन राष्ट्रका प्रतिनिधिहरु सहभागी थिए ।

भर्खरै साउथ एशियन टग अफ वार एशोसियसनको अध्यक्षमा सर्वसम्मत चयन भएका पौडेल नेपाल डोरी तान संघका अध्यक्ष समेत हुन् भने हिसान बागमती प्रदेश अध्यक्ष तथा जया मल्टिपल कलेजका प्राचार्य समेत हुन् ।

पौडेल नेपाल डोरी तान संघको दोश्रो कार्यकालका लागि केहि महिना अगाडी अध्यक्षमा पुन निर्वाचत भएका थिए । उनले नेपाल डोरी तान संघको दुई कार्यकालमा डोरी तान खेलको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

 

 


प्रतिकृया दिनुहोस्