Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खेलहरुमध्ये सबैभन्दा अनुशासीत खेल नै डोरी तान खेल हो : अध्यक्ष पौडेल

सुदिप बर्देवा प्रकाशित : २०८० फागुन, १८ गते


Advertisement

काठमाडौं, फागुन १८- नेपाल डोरी तान संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेलले विश्वोमा खेलिने खेलहरु मध्ये डोरी तान खेल सबै भन्दा अनुशासित खेल भएको बताएका छन् ।

नेपाल डोरी तान संघको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित “दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

नेपाल डोरी तान संघको आयोजना र नेपाल डोरी तान संघ कोशी प्रदेश समितिको व्यवस्थापनमा महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार बाट सुरु भएको दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता लाई सम्बोधन गर्दै उनले भने, विश्वोमा खेलिने खेलहरु मध्ये डोरी तान खेल सबै भन्दा अनुशासित खेल हो, यो खेल अन्य खेलको तुलनामा निकै अनुशासित, मर्यादित र भद्र छ ।”

यो खेल परापूर्वकालदेखि खेलिदै आएको स्मरण गराउदै २०६० साल बाट खेलकुद क्षेत्रको अग्रणी सस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई अहिले यो खेललाई सस्थागत रुपमा अगाडि बढाईएको उनको भनाई थियो ।

दर्ता पश्चात अहिले यो खेल राष्ट्रिय खेलको रुपमा अघि बढेको र यसैको परिणाम स्वरूप नेपाल डोरी तान संघले दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगिता आयोजना भव्यताका साथ सम्पन्न गर्न गईरहेको उनले सुनाए ।

उनले डोरी तान खेल अत्यन्तै अनुसासित खेल भएको र यो खेलको वृति विकासमा सबैले लाग्नु पर्ने बताए ।

आज बाट सुरु भएको दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगितामा ५ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाएका छन् । आयोजक कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतियोगितामा सामेल भएका छन् भने नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

यो खेलमा एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्ने व्यवस्था छ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय किलो ग्राम हुन्छ ।

नेपालको पुरानो खेल भएपनि साथी समयदेखि ओझेलमा परेको खेललाई प्रवर्धन र विकास गर्नु यस प्रतियोगिताको मूल उद्देश्य रहेको आयोजकले बताएको छ ।

’प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने लक्ष्य राखिएको छ । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

डोरी तान प्रतियोगिता शनिवारसम्म संचालन हुने छ ।


प्रतिकृया दिनुहोस्