काठमाडौं, माघ २७- व्यवसायी दुर्गा प्रसाईले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका हुन् । उनले कार्यक्रममा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन् ।
उनले भने, ‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु । सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं । तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं । सै पनि एमाले मै पनि एमाले भन्ने गीत बजारमा हराइसक्यो ।’
प्रसाईंले व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आइरहेका छन् । पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरे ।