Hamro Sanchar

‘विद्या आर्जन बार्षिक खेलकुद महोत्सव’ उद्घाटन, तीन दिनसम्म चल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १६ गते


Advertisement

काठमाडौं, माघ १६- विद्या आर्जन अंग्रेजी माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुदको तीनदिने प्रतियोगिता आयोजना गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित बाबाचोक अवस्थित विद्यालयमा मंगलबारदेखि सुरु भएको खेलकुदका गतिविधि बिहिबारसम्म चल्नेछन् ।

अखिल नेपाल फुटबलसंघका पुर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुद गतिविधिको उद्घाटन गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश दाहालले खेलकुद पनि विद्यालयकै नियमित खेलकुद गतिविधिभित्र पर्ने बताए । कतै खेलेर त कतै पढेर सिकाई हुने उनले बताए । नियमित सिकाई गतिविधिलाई पूर्णता दिनका लागि खेलकुद गतिविधि आयोजना गरेको दाहालले बताए ।

विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले विद्यालय स्थापना भैसकेपछि संस्कारसहितको शिक्षाको समग्र क्षेत्रलगायत खेलकुद र बिद्याथीहरुको चौर्तफि ब्यक्तीत्व बिकास गर्ने उदेश्यले बिद्यार्थीको माग बमोजिम खेलकुदका कार्यक्रम संचालन गरिएको जानकारी दिए । उनकाअनुसार तीनदिनसम्म चल्ने खेलकुद गतिविधिमा माथिल्लो कक्षाका विद्यार्थीबीच आन्तरिक रुपमा टिम बनाएर प्रतिश्पर्धा हुनेछ । बास्केटबल, फुटसल, भलिवल, टेवलटेनिस, म्याराथुन, चेस र ब्याडमिन्टनका गतिविधि हुने उनले जानकारी दिए । नर्सरीदेखि साना विद्यार्थीका लागि म्युजिकल चियरलगायत सोहिअनुसारका खेलहरु रहेका छन् । छात्रा र छात्रका विभिन्न टिम खेलमा प्रतिष्पर्धा गर्ने उनले बताए ।

प्रमुख अतिथि शेर्पाले विद्यालयले शिक्षामा जस्तै खेलकुदमा पनि योगदान दिएको बताए । विद्यालयमा खेलकुदका यस्ता गतिविधि हुँदा लुकेर रहेको प्रतिभा बाहिर आउने उनले बताए । ‘खेलाडीको क्षमता प्रदर्शन गर्ने एउटा अवसर यस्ता खेदकुदका गतिविधि पनि हुन्,’ कोइरालाले भने, ‘विद्यालय तहमा यस्ता गतिविधि गर्दा क्षमतावान खेलाडी उत्पादनमा सघाउ पुग्छ । म पनि खेलकुद क्षेत्रको बिकासमा लागि परेको व्यक्ति यदि यस विद्यालयले पनि सहकार्य गर्न चाहेको खण्डमा जुनसुकै अवस्थामा तयार हुन्छु ।’

कार्यक्रममा कागेश्वरी प्याब्सन अध्यक्ष श्रीराम दाहाल, नेपाल तेक्वान्दो संघ काठमाडौंका अध्यक्ष बिक्रम डाँगीले विद्यालयले बिभिन्न खेलकुदका गतिबिधी आयोजना गरेकोमा निकै खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्