Hamro Sanchar

बिजेता बन्ने दाउमा रहेको आनन्द भैरव मावि बन्यो उपबिजेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १ गते


Advertisement

काठमाडौं, माघ १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चुम्न प्रयासरत आनन्द भैरव माविले दोश्रो स्थानमा चित्त बुझाएको छ । बिजेता नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कांस्य गरि कुल १९ पदक जित्दै ४१ अंक ल्याएर प्रथम स्थान हासिल गर्दा आनन्द भैरवले ७ स्वर्ण, ५ रजत र ५ कांस्य गरि कुल १७ पदक जित्दै ३६ अंक ल्याएर दोश्रो भएको हो ।

नगरपालिकाको वडा नम्बर ७ मा रहेको आनन्द भैरवले उपाधिका लागि आइतबार गान्धी आदर्श माध्यमिक विद्यालयमा पुरुष र महिला भलिबलमा प्रतिस्पर्धा गरेको थियो । तर दुवै खेलमा राष्ट्रिय निर्माणसँग हार व्यहोरेपछि उपाधि चुम्नबाट एक कदम पछि परेको हो ।

विजेता राष्ट्रिय निर्माणले शिल्ड, मेडलसहित नगद ५० हजार प्राप्त गरेको छ भने उपबिजेता बन्न सफल आनन्द भैरवले शिल्ड, मेडलसहित नगद ३० हजार पुरस्कार प्राप्त गरेको छ ।

गत बर्षको प्रतियोगितामा पनि तेजविनायक माध्यमिक विद्यालय बिजेता बन्दा आनन्द भैरव उपबिजेता भएको थियो ।

त्यस्तै, प्रतियोगितामा कान्ति भैरव तृतीय भएको छ । ८ स्वर्ण, १ रजत र ४ कांस्य गरि कुल १३ पदक जितेर ३० अंक प्राप्त गर्दै कान्ति भैरव तृतीय भएको हो । कान्ति भैरवले पनि शिल्ड, मेडलसहित नगद २० हजार प्राप्त गरेको छ ।

यस्तै ७ स्वर्ण, ० रजत र ७ कास्य गरी कुल १४ पदक प्राप्त गर्दै २८ अंकसहित गान्धी आदर्श माद्यमिक विद्यालय चोथौं स्थान हासिल गरेको छ । भने अघिल्लो वर्षको प्रतियोगितामा प्रथम भएको तेज विनायक यस वर्ष भने १ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल ११ पदकसहित १६ अंक प्राप्त गर्दै पाचौँ स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा नगरपालिकाभित्र संचालित सामुदायिक र संस्थागत गरि ४९ विद्यालयका १ हजार ४ सयभन्दा बढी विद्यार्थी प्रतक्ष्य खेलमा सहभागिता रहेको थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट (कराते र तेक्वान्दो) (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा) एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइएको थियो ।

गत बुधबारबाट मूलपानी चौरमा उद्घाटनसँगै सुरु भएको आइतबार समापन गरिएको थियो ।

यो पनि पढ्नुहोस्- राष्ट्रिय निर्माणले जित्यो कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि


प्रतिकृया दिनुहोस्