Skip

Hamro Sanchar

चन्द्रागिरिमा कार दुर्घटना : घाइते बालिकाको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २८ गते


काठमाडौं, पुस २८- काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

आज दिउँसो १ः५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। कारमा ६ जना सवार थिए। स्मारिकाकी आमा सृष्टी तिवारी भने सकुशल छिन् ।

कारमा सवार काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा। महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस्