Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल सम्मका लागि उद्योगहरूमा काटेको बिजुलीको लाइन जोड्ने निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २७ गते


Advertisement

काठमाडौं, पुस २७- नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको लाइन तत्काललाई जोडिदिने भएको छ।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल विद्युत जोड्ने निर्णय भएको अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले बताए।

मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादको विषयमा छानबिन गर्न बनेको समितिलाई ३० दिनको समयसीमा दिएको छ। र, सो अवधिसम्म उद्योगहरूमा विद्युत लाइन जोड्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र ऊर्जा सहसचिव रहेको ३ सदस्यीय समिति गठन छानबिन समिति बनाएको थियो।


प्रतिकृया दिनुहोस्