Hamro Sanchar

तनहुँ जिप दुर्घटना: १ जनाको मृत्यु १ को अवस्था गम्भीर

सुदिप बर्देवा प्रकाशित : २०८० पुष, २५ गते


काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको फोर्स जिप बिहान १० बजे भिमादको सेर्का बरालथुन्कीमा दुर्घटना भएको थियो । मृत्यु हुनेमा बौदिकाली २ डेडगाउका ४५ बर्षिय रुम बहादुर बिक रहेका छन् । अर्का एकको अवस्था गम्भीर छ ।

ऋङ्गपथ मोटरमार्गबाट २०० मिटर तल खसेको उक्त जिपमा चालक सहित १२ जना सवार थिए। उनिहरु मध्य ६ जनाको अवस्था गम्भीर छ । ५ जना सामान्य घाइते छन् । चालकलाई प्रहरीको नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरिक्षक उदयराज पैडेलले जानकारी दिए।

३ जना घाइतेहरुलाई थप उपचारका लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागिएको छ भने ८ जनालाई जिपि कोइराला हस्पिटल बेलचैतारा लगिएको थियो । भिमाद प्रहरी र स्थानिय युवाहरुको सहयोगमा घाइतेलाई उद्दार गरि भिमाद नगरपालिका र घिरिङ गाउँंपालिकाको एम्बुलेन्समा हस्पिटल पठाइएको हो।


प्रतिकृया दिनुहोस्