
काठमाडौं, पुस २५- पोखराबाट काठमाडौं आउदै गरेको जिप तनहुँ जिल्लाको भिमाद ५ आमडाँडामा दुर्घटनामा परेको छ । जिपमा १२ जना रहेको घटनास्थलमा रहेका अन्जन परियारले हाम्रोसंचारलाई जानकारी दिए ।
जिप सडकबाट २०० मिटर तल खसेको प्रतक्ष्यदर्शी जानकारी दिएका छन् । यतिखेर गम्भिर अवस्थाका घाईतेहरुलाई स्थानियहरुले उद्धार गरिरहेको जनाईएको छ । घटनास्थल अफ्ठ्यारो भिरमा भएकोले उद्धार गर्न कठिनाइ भईरहेको जनाईएको छ ।
घटनास्थलमा प्रहरी पुगेज्को छ । घटनाको थप विवरण आउन बाकि छ ।