काठमाडौं, पुस १७- सामान्यतया रास्ट्र प्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयका प्रमुखहरुको कार्यकक्षमा राख्ने प्रचलन छ । तर केहिदिन अगाडि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फ्यालिदिए । उनले उनको यो हर्कतले सुनसरीका राजनीतिक दलका भातृ संगठनहरुको नराम्रोसँग टाउको दुख्यो ।
मेयर साम्पाङले १२ पुसमा आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा सहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई भेट्न फोटो बोकेर आज उनको कार्यकक्षमा पुगे। उनीहरुले मेयरको कार्यकक्षमा फोटो राख्न माग गरेका थिए तर मेयर साम्पाङले २० पुसमा मनाउने धरान डेमा प्रधानमन्त्री आउनुपर्ने माग राखे ।
जवाफमा राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न धरानका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयसम्म लैजाने र फिर्ता ल्याउने कामको व्यवस्थापन गर्ने आश्वासन दिएका दिए ।
तर मेयर साम्पाङले राजनीतिक दलहरुले नै धरान आउन चिठी पठाउनुपर्ने र त्यसको सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने शर्त राखेका थिए । ‘प्रधानमन्त्रीलाई धरानको महत्व बुझाउनको लागि पनि यति गर्नुपर्छ, एकदिन धरान नगरमा पाइला राख्दिनु भन्दा पनि नभ्याउने उहाँ, अरु सहरमा त महिनाको दुई–तीन चोटी आवतजावत हुन्छ त । यो धरानबासीको अपमान हो’, साम्पाङले दलका कार्यकर्ताहरुलाई भने ।
धानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका थिए ।