काठमाडौं, मङ्सिर ६- भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेका छन् ।
इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेका हुन् ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ ।
प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।
राति साढे ११ बजेतिर पार्टी प्यालेस पुगेको समूहले त्यहाँ रहेका पाहुनालाई बाहिर निकालेको सञ्चालक तेजबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा सुतिरहेका महिलालाई कपडा लगाउन पनि नदिइ हतार हतारमा निकालिएको छ ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि एमालेको चर्को आलोचना भएको छ । एमालेको भ्रातृ संस्था युवा संघदेखि नेतृत्त्वसम्मको चर्को आलोचना भएको हो ।
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥 pic.twitter.com/A1DOaXlqGG
— Bipin Sapkota (@bipinsapkota213) November 21, 2023