Hamro Sanchar

जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ४ गते


काठमाडौं, मङ्सिर ४- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।

उद्धार कार्य अहिले पनि जारी रहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्