
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन ।
आज (मंसिर २८) दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि आजै बिहान साढे ७ बजेदेखि सुरु हुने भनिएको थियो । तर, बन्दसत्र सुरु हुने समय सारिएको हो ।
अहिले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । केन्द्रीय कमिटीको बैठक पनि निर्धारित थिएन, आकस्मिक रूपमा बसेकाे हाे । केन्द्रीय कमिटीको बैठकपश्चात् बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले बोल्नेछन् । त्यसपछि नेतृत्व चयनको तयारी गरिनेछ ।
शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित चौरमा एमाले महाधिवेशन उद्घाटन गरिएको थियो ।


















