मोरङ, मङ्सिर १- नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा.कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा यो अवस्था आएको बताएका हुन् ।
गणतन्त्र आफैँमा खराब नभएको र यो व्यवस्था राम्रो रहेको बताउँदै, डाक्टर कोइरालाले गणतन्त्र ल्याउनका लागि आन्दोलन गरेपनि सबैले बिर्से जस्तो गरेको बताए । उनले हामीले के का लागि आन्दोलन गरेका थियौँ भनेर सोच्ने बेला आएको बताए । यस्ता कुराहरूले गर्दा जनताहरू आजित र निराश भएका हुन् । गणतन्त्र आफैमा खराब होइन, गणतन्त्र राम्रो व्यवस्था भएको डाक्टर कोइरालाले प्रस्टाए ।