Hamro Sanchar

घर जल्दा आमाछोराको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २६ गते


पोखरा, कात्तिक २५- गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ । धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

वडाध्यक्ष रामसिं गुरुङका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो ।

आगलागी हुनुको कारण भने खुलेको छैन ।

घर पूर्ण रुपमा जलेर सकिएको छ ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्