Hamro Sanchar

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा

रासस प्रकाशित : २०८० कात्तिक, २५ गते


काठमाडौँ, कात्तिक २५- उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् ।

भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पुर्याउने बताए । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनि आज प्रभावित क्षेत्रमा पुगेका हुन्  ।

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पुर्याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच÷पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन् । स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उनि राहत वितरण कार्यमा केन्द्रित छन् ।


प्रतिकृया दिनुहोस्