
काठमाडौं, कात्तिक १८- जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपालमा सयौँ घरसमेत भत्किएका छन् । मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।