Hamro Sanchar

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना : स्वादेन लिम्बुले जिते एक लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १७ गते


काठमाडौं, कात्तिक १७- सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तर्गत स्वादेन लिम्बुले १ लाख रूपैयाँ जित्न सफल भएका छन्।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटेन्स पठाएका लिम्बुले १ लाख रुपैयाँ जितेका हुन्।

सिटी एक्सप्रेसले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न उक्त उपहार योजना घोषणा गरेको थियो।

जस अन्तर्गत लक्की ड्र मार्फत् हरेक महिना एक जनालाई जनही १ लाख रूपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रूपैयाँ साथै ६१ दिन लगातार १०० जना विजेताहरूलाई जनही पाँच सय रूपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको छ।

सोही योजना अनुरुप हालसम्म तीन हजार १०० जनाले पाँच सय रूपैयाँको वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार रूपैयाँ जित्न सफल भइसकेका छन् भने एक जना भाग्यशाली मासिक विजेताले १ लाख रूपैयाँ जित्न सफल भएका छन्।

कम्पनीका अनुसार यो अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् ।


प्रतिकृया दिनुहोस्