Hamro Sanchar

जुवा खेल्ने ९ जना कलाकार प्रहरी हिरासतमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १५ गते


काठमाडौं, कात्तिक १५- जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरबाट पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्