
काठमाडौं, असोज २३- इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ ।
बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन् ।
गत शनिबारहमासले गाजा क्षेत्रबाट इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।